ओलीको आरोप- सरकारको ध्यान भ्रष्टाचारमा मात्रै केन्द्रीत छ
अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बिकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् ।
महाकाली–मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको बिकास हुन नसकेको भन्दै मुलुकको बिकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् ।
गठबन्धन सरकार आएपछि अहिले देशमा अस्थीरता र अराजकता फैलिएको र ओरालो लागेको उनको भनाइ छ । अध्यक्ष ओलीले सरकारको ध्यान देश बिकासमा नभई तस्करी र भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनका लागि देशभरको अवस्था बुझ्न महाकाली(मेची अभियान गरिएको जिकिर गरे ।
उनले एमालेका हरेक नेता तथा कार्यकर्ताहरु आन्तरिक एकताका साथ पार्टीको अभियानमा लाग्न निर्देशन दिए ।