फागुन १ गते ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र अन्त्य गछौँ : प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताएका छन् ।
आज आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले फागुन १ गते ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने दाबी गरेका हुन् । उनले भने, ‘अब यो व्यवस्था परिवर्तन हुन्छ । फागुन १ गते वसन्तपुरमा राजाको हातबाट दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा हुन्छ ।’
साथै उनले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने बताए ।