हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको लाभांश प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको २३औं वार्षिक साधारणसभा आगामी पुस २५ गते रजिष्टर्ड कार्यालय पर्सामा हुनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १२ गतेसम्म कम्पनीको सेयर किन्ने तथा होल्ड गर्नेले उक्त लाभांश पाउने छन् ।