कुमारी बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ५० लाख थान ऋणपत्र मंसिर २७ गते नेप्सेमा सूचीकृत भएको हो । बैंकको १० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ ।

यससँगै मंसिर २८ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *