थमन बिक हत्या प्रकरण : सांसद लक्ष्मी महतोले पाए सफाइ

जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् ।

जिल्ला अदालत महोत्तरीले उनीलाई सफाइ दिएको हो । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो ।

आगलागी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *