प्रधानमन्त्री प्रचण्डले दलहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरूसँग छलफल गर्ने भएका छन् ।

हिउँदे अधिवेशन आह्वानबारे संसद्‌मा रहेका दलहरूसँग छलफल गर्ने भएका हुन् । उक्त अधिवेशन आह्वानका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसहित संसद्‌मा रहेका दलसँग परामर्श गर्ने प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार हिउँदे अधिवेशन आह्वान चाँडै गर्ने भनिए पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)अभियानमा भएकोले बिलम्ब भएको छ । तत्काल सबै दलसँग छलफल गरेर उक्त अधिवेशन आह्वानका लागि प्रधानमन्त्रीले छलफल गर्नेछन् ।

प्रधानमन्त्रीले दलहरूसँग छलफल गरी हिउँदे अधिवेशन बोलाएर महत्वपूर्ण विधेयक अघि बढाउनुपर्ने बताउँदै आएका छन् । यसबारे उनले सभामुख, सत्ताघटक तीन दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *