मञ्जुश्री फाइनान्सले बोलायो १६औं साधारणसभा


काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते काठमाडौंमा १६औं वार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको ५.२६३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ११ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *