सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

काठमाडौं । सरकारले किसानको माग बेवास्ता गर्दै उखुको मूूूूूूूूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानले उद्योगीबाट प्रतिक्विन्टल ५६५ रुपैयाँ पाउने गरी मूल्य निर्धारण गरिएको जानकारी दिइन् । सरकारले पनि उखुमा अनुदान दिने भएको छ। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने उनको भनाइ छ ।

उखुको मूल्य निर्धारणको माग गर्दै उखु किसानले आन्दोलन गर्दै आएका थिए। उनीहरूले प्रतिक्विन्टल ७५० रुपैयाँ तोक्न माग गरेका थिए। तर सरकारले किसानले माग गरेको भन्दा एक सय रुपैयाँ कम मूल्य निर्धारण गरेको हो ।

चिनी मिल उद्योगीको दबाबमा सरकारले नयाँ मूल्य निर्धारण गरेको किसानहरूको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *