महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत लाभांश दिने


काठमाण्डौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ६.४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्‍चात लगानीकर्ताले पाउनेछन्। बैैंकले यस अघि लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *