इजरायलको बमबारीमा कुनै कमी आएन : राष्ट्र संघ

गाजा । गाजाका अस्पतालहरूको भ्रमण गरेपछि त्यहाँ इजरायलको बमबारीमा कुनै कमी नआएको संयुक्त राष्ट्रका एक अधिकारीले बताएकी छन् । गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ भने उनीहरूलाई आवश्यक औषधि र सामानहरू आपूर्ति गर्न संघर्ष भइरहेको छ ।

संयुक्त राष्ट्र संघको मानवीय संस्था ओसीएचएकी जेम्मा कोनेलले बीबीसीसँग कुराकानी गर्दै सोमबार मध्य गाजाको अल-अक्सा अस्पतालमा देखेको कुरा ‘पूर्ण रूपमा नरसंहार’ भएको जिकिर गरिन् । अस्पतालमा क्षमताभन्दा धेरै बिरामी देखिएकाले गम्भीर घाइते भएका धेरैको उपचार हुन नसकेको उनले बताइन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै यो लडाइँलाई तीव्रता दिने र हमासको विनाश नभएसम्म यो जारी रहने बताएका थिए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आक्रमणको तीव्रता घटाउनुपर्ने बताएपछि उनको यो बयान आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *