ओम हस्पिटलले १८ लाख कित्ता प्रिमियममा बेच्दै
काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले प्रिमियम मूल्यमा सेयर बिक्रीमा राखिएको छ । हस्पिटलले १८ लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने भएको हो । कम्पनीको गत मंसिर ३० गते सम्पन्न विशेष साधारण सभाले जगेडामा रहेको १८ लाख सेयर अंकित मूल्य १ सय रुपैयाँमा ४ सय २५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ५ सय २५ रुपैयाँ बिक्री गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार सो प्रिमियम मूल्य नघटने गरी एकमुष्ठ खरीद गर्ने वा नगर्ने भनी आन्तरीक रुपमा सेयरधनीहरूलाई पुस १ गते ७ दिनको समय दिई पत्राचार गरीएको थियो । अधिकांश सेयरधनीहरूको जवाफ आईसकेको र केहि सेयरधनीहरूको जवाफ नआएकोले उक्त प्रिमियम मूल्यको सेयर खरीदको दावीको लागि ७ सात दिनको समय दिइएको कम्पनीले जनाएको छ ।