कुकुर भुकेको निहुँमा महिलाको हत्या

भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै एउटा यस्तै अनौठो घटना भएको छ । एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् । सो घटना गत शनिवार राति भएको हो । आफू पसल बन्द गरेर घरतर्फ जाँदै गरेको बेलामा ती महिलाले घरमा पालेको कुकुरले आफुलाई भुकेर तर्साएको भन्दै युवकले झगडा सुरु गरेका थिए । रातको साढे १० बजेतिर उनी सामुदायिक हल नजिकै पुगेपछि उनलाई देखेर कुकुर निरन्तर भुक्न थाल्यो जसका कारण उनी बाटो काट्न पनि सकेनन् ।

त्यसपछि उनी चिच्याउन थाले । उनी चिच्याएको देखेर उक्त कुकुर धनी ६५ वर्षीया महिला घर बाहिर निस्किइन् । त्यसपछि ती युवक र वृद्धाबीच कुकुर भुकेको विषयमा झगडा सुरु भयो । झगडा चर्किंदै गएको बेला युवकले महिलाको पेटमा जोडसँग लात्ताले हानेर महिलालाई भुईंमा ढाले । सडकमै ढलेकी ती महिलालाई तत्कालै अस्पताल पुर्‍याइयो र अस्पतालमै उनको मृत्यु भयो । अभियुक्त युवकलाई पक्राउ गरिएको र उनीमाथि हत्या अभियोगमा उजुरी दर्ता भएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *