प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ सार्वजनिक

काठमाडौँ । प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ सार्वजनिक भएको छ ।

‘सकक्बरी’ ‘कुरा बुझ्न पर्छ’ लगायता बिभिन्न गीतबाट सफलता पाएका उनले बनाएका हरेक गीत नेपालमा मात्र नभएर नेपालीहरु बसोबास गर्ने बिभिन्न देशमा ट्रनडिङमा पर्ने गर्दछ । पछिल्लो समय उनले बनाएका गित प्राय:सबै जसोले सफलता पाईरहेको हुन्छ । हिजो (सोमबार) मात्र सार्वजनिक उक्त ‘मुटु कटक्कै’ गीत एक दिन पुरा नहुदै छ लाख भन्दा बढि पटक युटुबमा हेरिसकेको छ ।

प्रकाश सपुतको ‘मुटु कटक्क’ आफै (प्रकाश सपुत) प्रताप दास,कुसल बेलबासे लगाएतको स्वरमा रहेको उक्त गीतमा प्रकाश सपुत आफ्नै शब्द रहेको छ ।

मायामा धोका पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान गरिएको गीतमा प्रकाश सपूतसँगै ‘सकक्बरी’ नामबाट चर्चित कुशुम शर्मासाथै उक्त गितको भिडियोमा प्रताप दास,कुसल बेलबास,बिजय पुन लगाएतको भुमिका रहेको छ ।

भिडियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *