देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा पर्यो: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका छन् ।

बुधवार एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको टिप्पणी गरेका हुन् । उनले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताए । उनले राजनीतिक दलहरु समेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उल्लेख गरे । उनले यतिधेरै पूर्वप्रधानमन्त्रीहरु राजनीतिमा क्रियाशील भएको अरु देशहरुका बारेमा आफूलाई जानकारी नभएको भन्दै यसो हुनु राजनीतिको दुःखद् पक्ष भएको बताए । 

उनले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक कुरा भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको बताए ।

उनले भने, ‘नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भनेको पाँच-छ जना पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीहरुको यस्तो नियन्त्रणमा देश परेको छ कि नेपालका राजनीतिक दलहरु उहाँहरुको एकप्रकारको नियन्त्रणमा भएकोले प्रकारान्तरले नेपालको राजनीति नै उहाँहरुको नियन्त्रणमा भएको जस्तो। झगडा गरेपनि उहाँहरु। मिलेपनि उहाँहरु। मैले पढेको प्रजातन्त्रमा एउटै नेता २०-२५ वर्षदेखि। यतिधेरै भुतपुर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *