एनआईएमबि एस क्यापिटलले एनआईबिएल स्टेबल फण्ड ल्याउँदै

काठमाण्डौ । एनआईएमबि एस क्यापिटलले नयाँ म्युचुल फण्ड एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा ल्याउन लागेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई माघ २ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो। निष्कासन गरिने कुल इकाईमध्ये एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सुरक्षित गरिएको छ । कम्पनीले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिन सकिने छ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिन्छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सम्पर्ण इकाईका लागि आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ । फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ । १२ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *