सिद्धार्थ प्रिमियर र आरुश लाइफस्टाइल हस्पिटलबीच सम्झौता
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र आरुश लाइफस्टाइल हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता भएको छ। कम्पनीले प्रदान गर्दै आएको स्वास्थ्य बीमामा नगद रहित उपचार सुविधा थप प्रभावकारी बनाउन यो सम्झौता गरेको हो। कम्पनीले आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्ने क्रममा ललितपुरको कुपन्डोलस्थित आरुश लाइफस्टाइल हस्पिटलसँग सहकार्य गर्ने आपसि सम्झौता गरेको छ। यस सम्झौतापत्रमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका छन्।
उक्त समारोहमा कम्पनीका बजार व्यवस्थापन बिभाग प्रमुख रामजी ढकाल र मेडिहेल्थ इकाइका वरिष्ठ अधिकृत डा. दिवेश बाँस्तोला तथा अस्पतालका उच्च व्यवस्थापकीयहरुको उपस्थिती रहेको थियो। योसँगै सिद्धार्थ प्रिमियरका बीमितले अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र उपचार पश्चात् हुने दाबी भूक्तनीको भन्झटिलो प्रकृयाबाट छुटकारा मिल्ने विश्वास कम्पनीले लिएको छ। यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित उपचार गर्नुपर्ने कम्पनीले बताएको छ।