बोराभित्र भेटिएको ४६ दिनपछि शवको पहिचान खुल्यो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गमा बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ ।

बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो । उक्त शव भेटिएको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान खुलेको हो । घर भारत भई हाल भरतपुरमा व्यापार गरी बस्र्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती भएको खुलेको प्रहरीले जनाएको छ । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ ।

प्रहरीका अनुसार पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ । चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *