हिमालयन लाइफले ३ वटा कार बेच्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको हुन्डाई टक्सन सवारी बिक्री गर्ने भएको छ । उक्त सवारीको मूल्य न्यूनतम १ करोड ४ लाख रुपैयाँ तोकेको छ । यस्तै, सन् २०२१ मा बनेको १ हजार ४९७ सिसिको हुन्डाई क्रेटा र सन् २०१४ मा बनेको ९९८ सिसिको मारुती सुजुकी बिक्रीमा राखेको छ ।

हुन्डाई क्रेटाको न्यूनतम मूल्य ४० लाख १५ हजार रुपैयाँ र मारुती सुजुकीको ७ लाख रुपैयाँ तोकेको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी ७ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *