बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । रामबहादुर बम्जनलाई अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश  दिएको छ ।

जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयानपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *