न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चभित्रै गरिन् आत्मदाह प्रयास

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् ।

आइतबार उनले शरीरमा आगो सल्काएरु आत्मदाहको प्रयास गरेकी हुन् । आत्मदाह गर्नेक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् । ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्यार आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

अर्धचेत देखिएकी गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ। यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌ गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *