माओवादी केन्द्रको महानगर समिति ९९, नगर समिति ५५ सदस्यीय बनाउन प्रस्ताव

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले कमिटीका आकार घटाउन विधानमा प्रस्ताव गरेको छ। माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा समितिले तयार पारेको विधान अनुसार माओवादी केन्द्रको केन्द्रीय समिति १ सय ५१ सदस्यीय हुनेछ। त्यस्तै महानगर समिति ९९ सदस्यीय र उपमहानगर समिति ७५ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै नगर समिति ५५ सदस्यीय, गाउँ समितिरशाखा समिति ४५ र वडा समिति,उपशाखाहरूमा २५ सदस्यीय रहने व्यवस्था गरिएको छ। टोल,प्रशाखामा १५ र पार्टी सेल तहमा ३ सदस्यीय समिति हुने प्रस्ताव गरिएको छ।

हरेक तहको कार्यालयले आवश्यक ठानेमा एक सदस्यीय सम्पर्क व्यक्ति पनि रहन सक्नेछ व्यवस्था विधानमा छ। गाउँ,नगर र शाखा समितिहरूमा अध्यक्ष, उपाध्यक्ष २ जना, सचिव, सहसचिव २ र कोषाध्यक्ष गरी ७ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरिएको छ। त्यस्तै वडा र उपशाखा समितिहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय पदाधिकारी हुनेछ प्रस्ताव छ। टोल र प्रशाखा समितिहरूमा अध्यक्ष र सचिव गरी दुई पदीय पदाधिकारीको व्यवस्था रहनेछ र सेल समितिहरूमा सचिवको एक पदीय व्यवस्था हुनेछ उल्लेख छ। मस्यौदा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशनमा प्रस्तुत हुने माओवादी केन्द्रले जानकारी दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *