यती ब्रुअरीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल

काठमाण्डौं । यती ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत् साधारण सेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा यती ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे।

यती ब्रुअरीको रजिष्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे भने फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ। यती ब्रुअरीले हाल अर्ना, यती, वाइबी, शिखर लगायत किंगफिसर लगायत ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री–वितरण गर्दै आइरहेको छ। उक्त सम्झौता अन्तर्गत एनआइएमबी एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ विधिमार्फत् यती ब्रुअरीको साधारण सेयरहरू सार्वजनिक निष्कासन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *