मन्थली साकोसको आयोजनामा स्वास्थ्य शिविर

मन्थली बचत तथा ऋण सहकारी संस्थाले रामेछाप नगरपालिका तथा रामेछाप जिल्ला अस्पतालको सह–आयोजना एवं तामाकोशी अस्पताल तथा रामेछप सर्जिकल आँखा केन्द्र मन्थलीको प्राविधिक सहयोगमा संस्थाले शिविर आयोजना गरेको हो । रामेछाप नपा, वडा नं. ४ हिमगंगामा आयोजना भएको स्वास्थ्यशिविरमा २१४ जनाले सेवा लिएको व्यवस्थापक भेष बहादुर श्रेष्ठले जानकारी दिए । शिविरमा जनरल स्वास्थ्य सेवा, आँखा जाँच, दन्त परीक्षण र महिलाहरुको पाठेघर जाँच तथा उपचारको सुविधा प्रदान गरिएको उनले बताए ।

जिल्ला अस्पताल रामेछापले सो शिविरमा आवश्यक औषधीमा निःशुल्क उपलब्ध गराएको थियो । शिविरमा ९० जनाको आँखा जाँच गरिएकोमध्ये १८ जनाको मोतियाबिन्दु अपरेशनका लागि सिफारिष गरिएको थियो । संस्थाले समयसयमा आफ्नो कार्यक्षेत्रभित्र रहेका सदस्यहरुलाई लक्षित गरी यस्ता शिविरको आयोजना गर्दै आएको छ । १६ हजारजना भन्दा बढी सदस्य रहेको उक्त संस्थाको कुल कारोबार १ अर्ब २७ करोड पुगेको छ । पछिल्लो समय संस्थामा बचतमा समेत वृद्धि हुँद गएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *