फिल्म खेल्दै केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले चलचित्र खेल्ने भएका छन् ।

एसिड आक्रमणसम्बन्धी कथावस्तुमा आधारित चलचित्रमा ओलीले खेल्ने निश्चित भएको छ । आइतबार रमित ढुंगानाले निर्देशन गर्ने चलचित्र ‘नमेटिने घाउ’ को घोषणा गरियो । चलचित्र घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी ओलीसमेत उपस्थित थिए । चलचित्र निर्माण युनिटसँग ओली पहिल्यैदेखि छलफलमा थिए । ‘नमेटिने घाउ’ मा उनले ‘प्रधानमन्त्री’ रोल निर्वाह गर्ने छन् । यसअघि ‘रातो सूर्य’ भन्ने चलचित्रमा ओलीले प्रमुख भूमिका निर्वाह गर्ने भएको बताइएको थियो । चलचित्रको निर्देशन दीपेन्द्र दाहालले गरेका थिए । ओली प्रधानमन्त्री भएका बेला चलचित्रको ६० प्रतिशत सुटिङ पनि गरिएको थियो ।

तर जब ओली सत्ताबाट बाहिरिए, चलचित्र निर्माण पनि अवरुद्ध भयो । अहिले सो चलचित्रका निर्माताको उठीबास लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *