एसियन लाइफले चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्ने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको हो । कम्पनीका अनुसार, बोनसबापत सेयरधनीलाई चुक्ता पुँजीको ७.७५ प्रतिशत बोसन सेयर र कर प्रयोजनका निम्ति एक करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेस गरिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब १५ करोड ५३ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीहरूलाई चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउन निर्देशन दिएको छ । पाँच अर्ब चुक्ता पुँजी पुर्‍याउन कम्पनीले बोनस सेयर वितरणपछिको कायम चुक्ता पुँजीको ४० प्रतशित हकप्रद सेयर जारी गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *