स्वदेश फर्कियो यू–१९ क्रिकेट टोली
काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।
सुपर सिक्समा भने भारत र बङ्गलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको हो ।