प्रतिनिधि सभाको बैठक माघ २४ गते बस्ने गरि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।
आज देखि शुरु भएको संघीय संसदको तेस्रो अधिवेशन अन्तर्गत आज प्रतिनिधि सभामा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० संसदमा पेस गरेका थिए भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमाजिमको बाधा अड्काउ फुकाऊ आदेश पेस गरेका थिए ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले चालु अधिवेशनमा आवश्यक कानुन निर्माण र संसदीय गतिविधिलाई बढाउन जरुरी रहेको बताएका थिए ।