नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले केन्द्रीय बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ४० अर्ब रकम खिच्न लागेको हो । उक्त निक्षेप २०८० फागुन ८ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।

इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *