महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले शेयर बिक्रीमा ल्याएको छ । यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (माघ २३ गते) ले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

बैंकले बिक्री गर्न लागेको शेयर संख्याभने खुलाएको छैन् । शेयर खरिदको निवेदन बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा दिनुर्नेछ । साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *