कुर्सी नपाएपछि बेहुलाले गरे बिहे रद्द

एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । दिल्लीबाट जन्ती लिएर बिहे गर्नका लागि उत्तर प्रदेश आएका ती युवकले आफ्नी हजुरआमालाई बस्नका लागि कुर्सी नदिएको विवादमा बेहुली पक्षसँग झगडा मात्रै गरेनन् ती बेहुलीसँग बिहे नगर्ने घोषणा नै गरे । उत्तर प्रदेशको बुलन्दशहरमा सो घटना भएको हो । दिल्लीको सीमापुरीबाट बरात ९जन्ती० लिएर आएका बेहुला पक्षलाई बेहुली पक्षले रातको ८ बजेतिर भव्यतापूर्वक स्वागत गरेको थियो । बेहुलीका पिता मोद मुबीनका अनुसार गत शनिवार मौलवीले बेहुला र बेहुलीको बीचमा बिहे गराएको केही घण्टापछि नै बेहुलाले आफ्नो बिहे रद्द भएको घोषणा गरेका थिए ।

उनका अनुसार बिहेको कार्य सकिएपछि रातको १० बजेतिर सबैजना रमाइरहेका थिए । त्यहाँ एक्कासी एकजना वृद्धासँग एक पाहुनाको झगडा सुरु भयो । ती वृद्धा वास्तवमा बेहुलाकी हजुरआमा रहेछिन् । विवादपछि ती वृद्धाले आफुलाई अपमान गरेको महसुस गरिन् र बेहुला अर्थात् आफ्नो नातीसँग गुनासो गरिन् । त्यसपछि त विवाद झनै चर्कियो । झै झगडामा बेहुला र उनका दाजुपनि मिसिए र बेहुलीलाई नै ‘घर पुगेपछि पख्लिस्’ भनेर धम्काउन थाले । साथै उनले बिहे नै भंग भएको भन्न थाले । प्रत्यक्षदर्शीका अनुसार बेहला पक्षले धम्की दिने र बिहे नै भंग भएको भनेपछि बेहुली पक्ष झनै रिसायो । उनीहरुले बिहे समारोह तथा पार्टीमा भएको खर्च रकम तिर्नुपर्ने भन्दै बेहुला र उनका दाईलाई कोठामा थुने । केही घण्टासम्मको विवादपछि बेहुला पक्षले खर्च भएको भनिएको रकम तिर्यो । त्यसपछि मात्र बेहुलालाई त्यहाँबाट छाडियो । उता पुलिसले भने यो घटनाका बारेमा हालसम्म कुनैपनि उजुरी प्राप्त नभएको जनाएको छ । उनीहरुले एक आपसमा विवाद मिलाएको हुनसक्ने भन्दै प्रहरीले उजुरी प्राप्त भएको खण्डमा त्यस विषयमा आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *