नेदरल्यान्डलाई पराजित गर्दै नेपाल नौ विकेटले विजयी
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेल त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डसलाई पराजित गर्दै नेपाल नौ विकेटले विजयी भएको छ । १३७ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो ।
अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रन जोडेका थिए । पहिला ब्याटिङ गरेको नेदरल्यान्डस ३९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । कुशल भुर्तेलले चार र ललित राजवंशीले दुई विकेट लिएका थिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान एक,एक विकेट लिए । नेदरल्यान्डसका दुईजना रन आउट भएका थिए ।