नेपालको पाँचौँ झट्का, कप्तान पौडेल आउट
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नेपालले पाँच विकेट गुमाएको छ।
९ बल खेल्दै कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन् । चौथौ विकेट आशिफ शेख ५८ रन बनाएर आउट भए। उनले ६४ बल खेल्दै ८ चौका र एक छक्का हानेका थिए।
ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए। त्यस्तै देव खनाल पनि शून्यमा आउट भए ।