नेपाल ए ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । नेपाल ए ले क्यानडा-११ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको हो ।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए । क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *