मन्त्रीको राजीनामा माग्दै एमाले, सदन अवरुद्ध

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।

आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरु एमालेसहित रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका छन् । एमालेले भगवान गौतम बुद्धको एक मात्र अस्तु भएको रामग्राम निजी कम्पनिलाई ९९ बर्षका लागि भाडामा दिने निर्णय पर्यटनमन्त्री किँरातीको नेतृत्वमा रहेको समितिले गरेको भन्दै राजीनामा माग गरेका छन् ।

एमालेले यस अघि विहिबारको बैठकमा पनि तीन मन्त्रीको राजीनामाको माग गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *