बजेटमा कनिका छर्ने तरिकाले समृद्धि हासिल गर्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।

आज बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिँदै यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन् । बजेटको क्षेत्र तोकेर पठाइन्छ । आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’

उनले नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने बताए । ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *