समस्या समाधानका लागि जिल्ला प्रशासनमा जान मिटरब्याज पीडितलाई सरकारको आग्रह
काठमाडौं । सरकारले मिटरब्याज पिडितलाई काठमाडौँ आउन दुःख भएको भन्दै समस्या समाधानका लागि जिल्ला प्रशासनमा जान आग्रह गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । साथै उनले मिटरब्याजको पिडितको समस्या समाधानका लागि सरकार संवेदनशिल रहेको समेत बताइन् । सञ्चारमन्त्री रेखा शर्माले मिटरब्याजको समस्या समाधानका लागि कानुन बनाउनुका साथै शक्तिशाली आयोग बनाएर प्रयास गरेको उनले बताइन् । उनका अनुसार मिटरब्याजी पिडितको समाधानका लागि कतिपय कानुनी/अदालती प्रक्रियामा अड्किएका छन् ।
मिटरब्याजीको समस्या समाधानका लागि अहिले सरकारले संम्बाद थालिसकेको बताउँदै उनले सीडीओ कार्यालयमा समिति बनाएर सम्बोधन गर्ने प्रयत्न भइरहेको जानकारी दिइन् ।