गठबन्धन प्रधानमन्त्रीले तोडेको कांग्रेसको आरोप,मन्त्रीहरुले राजीनामा नदिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेप्रति पार्टीमा बिफ्रिङ गरेका छन् ।

सोमबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाए । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भनेका छन्, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ ।’ उनले कांग्रेसले गठबन्धन नतोडेको र नयाँ रणनीति पनि केही नगरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं । अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौँ । प्रधानमन्त्रीले गठबन्धन तोडेको कांग्रेसको आरोप छ । ‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ?’ लेखकले भने।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । वालुवाटार स्रोतका अनुसार अहिलेका सबै मन्त्री हटाएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीद्वारा आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *