राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदले लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसदहरूले शपथ लिएका छन् । सोमबार संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरेर नयाँलाई स्वागत गरिएको थियो । रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् । राष्ट्रिय सभामा सदस्यको निर्वाचनमा माओवादी केन्द्र पहिलो दल बनेको छ । गत माघ ११ गते १९ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचन भएको थियो ।

सोमबार सपथ लिने नयाँ निर्वाचित सदस्यहरुमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *