नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक भोली (बिहिबार) बस्दैछ । बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलीका लागि दलको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक बिहान ९ बजे बस्नेछ । सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय हिजो गरे पछि संसदमा खेल्ने भुमिकाका बारेमा सभापति देउवाले थप निर्देशन दिने बुझिएको छ ।

यता कांग्रेस आफै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न दौडधुप गरिरहेको छ । आज मात्र कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि कांग्रेस प्रतिपक्षमा पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *