प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिइयो : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको हो । प्रचण्डले बेइमानी गरेकाले समर्थन फिर्ता लिने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले मुलुकमा दिगो शान्ति,सुशासन, विकासको समृद्धि र स्थिरताका लागि माओवादीसँग गठबन्धन गरेको तर प्रचण्डले राजनीतिक बेइमानी गरेकाले समर्थन फिर्ता लिएको बताए ।
उनले प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर मुलु्कलाई अस्थिरता, अन्योल र अनिश्चितातर्फ लैजाने काम गरेको आरोप लगाए । यसअघि नै कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले यसअघि नै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।