गरिमा विकास बैंकद्वारा ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न
काठमाण्डौं । गरिमा विकास बैंक लि. द्वारा ब्लु डायमण्ड सोसाईटीका LGBTQ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना , विभिन्न प्रकारका बचत , कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।
कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंक लि को तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपकराज भण्डारी , लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल , चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरू को उपस्थिती रहेको थियो । ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटामार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।