पिएनजीमाथि नेपालको शानदार जित

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पराजित गरेको छ । नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट हुदै ११३ रन मात्र बनाएको थियो । पिएनजीका लागि हिरी हिरीले सर्बाधिक २८ रन बनाए भने सेसे बाउले २१ तथा टोनी उराले १३ र नोसैना पोकानाले १२ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने प्रतिस जिसीले २ तथा आकास चन्द र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५९ र सन्दीप जोराले ५६ रन बनाएका थिए । त्यस्तै बिनोद भण्डारीले २७ रन बनाए भने गुलशन झाले १५, बिबेक यादवले १९ र लोकेश बमले १४ रन बनाएका थिए ।

त्यस्तै पिएनजीका बलर आसाद भालाले २ विकेट लिए भने नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुवाले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल सिरिजको फाइनलमा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *