नेपाल बरोडासँग ३७ रनले पराजित

काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कपअन्तर्गतको खेलमा नेपाल बरोडासँग पराजित भएको छ ।

बरोडाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपाल १८.४ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाएपछि खेल ३७ रनले नेपालले हारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । बेहोरेपनि नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ भने बरोडा प्रतियोगिताबाट बाहिरिएको छ । यस प्रतियोगितामा बरोडाको यो पहिलो जित हो ।

फाइनलमा नेपाल र गुजरात एसोसियसनको टिम खेल्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *