लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख शेरचनले महरालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । यस्तै तीन मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्व मुख्यमन्त्री लिला गिरिसहित सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *