निजी क्षेत्रलाई समेटेर नयाँ बजेट ल्याउन ढकालको सुझाव
काठमडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेटेर बजेट ल्याउन सुझाव दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रि बजेट छलफलमा लगानी सम्मेलनका प्रतिवद्दता बजेटले पूरा गर्नुपर्ने उनले बताएका हुन् ।
अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको ढकालले बताए । उनले बजेट र मौद्रिक नीतिबीच तादात्म्य मिलाउन सुझाव दिए । कम्तिमा एक सय रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउन समेत उनले सुझाव दिए । आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुख दिइरहेको भन्दै नयाँ बजेटले यसलाई रोक्नु पर्ने बताए ।