‘कोका–कोला महोत्सव’ योजना सार्वजनिक
काठमाडौं । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरूले रेष्टुरेन्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो क्याम्पेनको लागि कोका–कोलाले केकेएफसी, डल्ले, पेपे पिज्जा, रोडहाउस, भ्याली एक्स्प्रेस, द बर्गर हाउस एन्ड सीएफसी र माइकल ग्रिल्स जस्ता विभिन्न रेष्टुरेन्टहरूसँग सहकार्य गरेको छ ।
यी रेष्टुरेन्टहरूमा कोकसँग स्पेसल मिल कम्बो अर्डर गर्दा ग्राहकहरूले २० देखि २५ प्रतिशतसम्मको छुट अथवा केही खानाहरूसँग निःशुल्क कोक प्राप्त गर्न सक्नेछन् । कोका–कोलाको कोक प्लस मिल्स् क्याम्पेनको नयाँ संस्करणको रूपमा ल्याइएको यो योजना वैशाख २६ देखि चलिरहेको छ । उक्त महोत्सव आगामी जेठ २५ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।