नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ( ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बैंक सञ्चालक समितिको बैंठकले ढुंगानालाई असार १७ गतेदेखि लागु हुनेगरी पुनः सीईओमा नियुक्त गरेको हो ।

२०७९ असार १७ गतेदेखि लागु हुनेगरी ढुंगाना दुई वर्षका लागि सीईओमा नियुक्त भएका थिए । उनले यसअघि नबिल बैंकसँग मर्जर भएको नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *