जनमुखी साकोसको चार बर्षे रणनीतिक योजना
चरिकोट । दोलखाको वैतेश्वर–५, मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनितिक योजना बनाएको छ । संस्थाले “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को परिकल्पना सहित चार बर्षे रणनीतिक योजना बनाएको हो । चार बर्षमा ३३ हजार ३५६ सदस्य र २ अर्ब २० करोडको पुँजी पुर्याउने लक्ष्य उक्त रणनीतिक योजनाको रहेको छ । आगामी आर्थिक बर्ष २०८१्०८२ देखी २०८४्०८५ सम्मका लागि ४ बर्षे रणनीतिक योजना निर्माण गरेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षता र नेफ्स्कुन पुर्व सञ्चालक तथा बागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यशाला गोष्ठीमार्फत उक्त योजना निर्माण गरेको हो । कार्यशालाको सहजीकरण नेफ्स्कुनका पुर्व कोषाध्यक्ष तथा बरिष्ठ प्रशिक्षक केशवप्रसाद पोख्रेलले गरेका थिए भने कार्यक्रममा संस्थाका सञ्चालक समिति र उच्च व्यवस्थापनबाट २४ जनाको सहभागीता रहेको थियो । संस्थाको मुख्य कार्यालय मैनापोखरीमा भएको ३ दिने कार्यशाला “गुणस्तरीय, व्यवसायिक, विश्वसनीय र दिगो वित्तीय सहकारी संंस्था” को परिकल्पना र “सहकारी सुशासनमा रहि प्रविधि मैत्री वित्तीय सेवा मार्फत सदस्यहरुको आर्थिक जीवनस्तर उकास्ने ” ध्येयका साथ ११ वटा दीर्घकालिन उदेश्यहरु पुरा गर्न आगामी ४ आर्थिक बर्षको लागि २९ वटा प्रमुख रणनीतिक लक्ष्यहरु निर्धारण गर्दै कार्यशाला गोष्ठी सम्पन्न गरेको व्यवस्थापक भेष मिजारले जानकारी दिए । कार्यक्षेत्रमा सदस्यहरुको पहुँच विस्तार गर्न ११ हजार ५०० शेयर सदस्य थप गरी २७ हजार ६० पुर्याउने,बाल बचतकर्ता ८०० जना बृद्धि गरी ६ हजार २९६ पुर्याउने, सदस्यहरुलाई सेवाको बृद्धि गर्न बचत निक्षेप खातामा ६८ हजार ७९० ले बृद्धि गरी १ लाख२१ हजार ७७० पुर्याउने,कूल सम्पत्तीमा ६२।९६ प्रतिशतले बृद्धि गरी २ अर्व २० करोड पुर्याउने लक्ष्य लिएको उनको भनाई छ । त्यसैगरी बचत निक्षेपमा ४३।०२ प्रतिशतले ले बृद्धि गरी १ अर्व ६६ करोड १० लाख ,संस्थागत पूँजीमा ५८।४१प्रतिशतले बृद्धि गरी कूल सम्पत्तीको अनुपातमा ८।५ प्रतशित, औषत कूल सम्पत्तीको अनुपातमा नाफादर ३।७ प्रतिशत,शेयर पूँजीमा ६६। ९३ प्रतिशतले बृद्धि गरी २२ करोड पुर्याउने तथा २० वटा सिस्टर क्लव र २० वटा बाल क्लव गठन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । सदस्यहरुसँग सल्लाह र सुझाव लिन १६ वटा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ,उत्पादन तथा सेवाको प्रभावकारिता विष्लेषणको लागि ३०५ प्रतिशत सदस्यहरुको सन्तुष्टि सर्वेक्षण गर्ने र संस्थाप्रति सदस्यको अपनत्व तथा सन्तुष्टीको मापन गर्न १० प्रतिशत सदस्यहरुको सर्वेक्षण गर्ने तथा सदस्यहरुलाई ज्ञान सीप तथा क्षमता अभिबृद्धि गर्न ९ हजार जनासदस्य शिक्षा र ४ हजार प्रविधि शिक्षा दिने रणनीतिक लक्ष्य संस्थाको छ ।
सदस्यहरुमा उद्यमशिलताको विकास गरी प्रत्यक्ष रोजगार बनाउन ३०० जना सदस्यहरुलाई व्यवसायिक सीप प्रदान गर्ने र १०० जना सदस्यहरुलाई प्रत्यक्ष उद्यमी बनाउने,संस्थामा सदस्यहरुको प्राविधिक सेवामा पहुँच बृद्धि गर्न ३००० जना सदस्यलाई मोबाईल बैकिङ र १४०० सदस्यलाई क्यु।आर कोड सेवामा आवद्ध गराउने,संस्थाको कार्यसम्पादनको क्षमता बृद्धि गर्न ११ जना कर्मचारीहरुको थप व्यवस्था गर्ने र संस्थाको व्यवस्थापनको संरचनालाई चुस्त दुरुस्त बनाउन ५ वटा विभाग, ६ वटा संरचना खडा गर्ने लक्ष्य तयार गरिएको छ । २०५४ भाद्र २० गते हिन्दु नारीहरुको पवित्र चाड तीजका दिन साविक काब्रेका केही युवा, किसान, ब्यापारी बुद्धिजिवी कर्मचारीहरुको सक्रियतामा स्वस्फुर्त रुपमा भेला भई प्रति व्यक्ति १०० का दरले ३६ सय शेयर संकलन गरी जनमुखी बचत तथा ऋण सहकारी संस्था स्थापना भएके हो । जिल्ला सहकारी कार्यालयको सिफारिसमा डिभिजन सहकारी कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलमा २०५४ साल आश्विन ५ गते विधिवत रुपमा दर्ता संस्थामा हालसम्म करिब ११ करोड १० लाख शेयर पुँजी र १ अर्व ५ करोड निक्षेप रहेको छ । जनमुखीको कूल पुँजी १ अर्व ३२ करोड रहेको छ भने १५ हजार ५६० जना शेयर सदस्य र ५ हजार ४९६ बाल बचतकर्ता रहेका छन् । संस्थाले एकका लागि सबै र सबैका लागि एक” भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै आफ्नो स्थापनाकाल देखि नै समाजको सबै भन्दा कमजोर बर्ग सम्म पहुँच पुयाउने उद्देश्यका साथ युवाहरुसँग रहेको ज्ञान सीप र दक्षतालाई संगठित गरी उद्यामशिलता विकास मार्फत जीवनस्तर सुधार गर्ने कार्यहरु गरिरहेको छ । नेफ्स्कुनको गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोवेशनमा आवद्ध भई २०७६ सालमा नेपाल स्तरको ब्रान्ड प्राप्त गर्न सफल यस संस्था हाल एशियाली ऋण महासंघको प्रविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रममा आवद्ध भइसकेको छ र आगामी दिनमा उक्त कार्यक्रम मार्फत ब्राण्ड हासिल गर्ने लक्ष्य लिएको छ । नीति, विधि, प्रविधि र शुसासनमा संस्था सञ्चालन गरी प्रविधिमैत्री वातावरणमा गुणस्तरीय र व्यवसायिक सेवा प्रवाह गरी गुणस्तरीय, व्यवसायिक, विश्वसनिय र दीगो संस्था निर्माण गर्ने परिकल्पनाका साथ संस्थाले आगामी ४ बर्षको लागि रणनीतिक योजना निर्माण गरेको हो ।