सहकारीपीडितले गरे तेस्रो चरणको आन्दोलन घोषणा

काठमाण्डौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो । महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने उनले बताए । ‘११ गते ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं । ¥याली गर्छौं । ¥यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गर्छौं । सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उनले उद्घोष गरे । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए । सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे । आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको जिकिर गरे । उनले हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उनले बताए । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहकारी पीडितको पक्षमा गम्भीर बनिदिन आग्रह गरे ।

‘हामीले योभन्दा अगाडि माननीय मन्त्री रञ्जिता श्रेष्ठ, अहिलेका मन्त्री बलराम अधिकारीसँग सम्झौता गर्यौं । तर, कसैलेपनि हाम्रो माग पूरा गरेनन् । हाम्रो माग पूरा भएकै छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हामीलाई न्याय चाहियो,’–उनले भने । सहकारी पीडितहरुले न्याय नपाए आगामी ०८४ को निर्वाचन हुन नसक्ने उनको भनाइ छ । उनले न्याय नपाए देशभरका सहकारी पीडितहरुले चुनाव बहिस्कार गर्ने बताए । ‘तपाईँहरु मिसन ०८४ भन्नुुस् । हामी मिसन ०८४ बहिस्कार गर्न अगाडि बढ्दैछौं । सहकारी पीडितको माग पूरा भएन भने ०८४ मा तपाईँहरुको लेभल पनि हाम्रो लेभलमा आउँछ । त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’– उनले भने, ‘हामीहरुले घर–घरबाट तपाईँहरुलाई लखेट्छौं, सहकारी पीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन । साथै, अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरुलाई सह्य नहुने चेतावनी दिए । ‘सहकारी पीडितको आवाज उठाएकै भरमा पक्राउ गरिएको हो भने हामी घोर भत्र्सना गर्छौं । तर, कसैलाई गल्ती गरेको हो भने छुटकारा पाउन हुँदैन । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोतम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताए । उनीहरुले अब सशक्त आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए । सबै सहकारी पीडितलाई उक्त आन्दोलनमा होमिन उनीहरुले आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *