ओली र रविमाथि छानविन हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरेका छन् ।

एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमती साथ यो गठबन्धन अगाडी बढिरहेको उनले बताए । ‘अहिले यहाँ के देखियो भने सहकारी प्रकरणमा नेकपा(एमाले)ले साथ दिने । गिरिबन्धु प्रकरणमा रास्वपाले साथ दिने उनले भने,‘त्यसैले सहकारीबन्धु गठबन्धनको रुपमा उहाँहरु देखिनु भएको छ ।’

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाए । सिरोहियाले नागरिकता प्रकरणको छानविनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरे । ‘एउटा मिडिया हाउसको प्रमुख कैलाश सिरोहियालाई पक्राउ गर्नुहुन्छ । जबकी उहाँ के भन्दै हुनुहुन्छ सार्वजनिक रुपमा भन्दाखेरी भने म माथि जे खालको नागरिकताको सम्बन्धमा प्रश्न उठेको छ, सहयोग गर्न तयार छु’उनले भने, ‘उहाँले भनिरहँदा रातारात भाग्नेजस्तो गरेर गिरफ्तार गरेर लिएर आउने ।’

उनले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगि प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताए । उनले गृहमन्त्रीमाथि पनि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानविन हुनुपर्ने बताए ।

‘गिरफ्तार गर्ने निकायमा दुईवटा पासपोर्टको कारण छानविन हुनुपर्ने भनेर आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले छानविन नगर्नुपर्ने भनेको छ’ उनले थपे, ‘महान्यायाधिवक्ताको कार्यालय भनेको पार्टीको भातृ संस्था हो ? रास्वपाको भातृ संस्था हो ? गृह मन्त्रालयको शाखा हो ? कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नुपर्दैन भनिदिएको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *